काठमाडौं, २० मंसिर । राप्रपाकी नवनिर्वाचित केन्द्रीय सदस्य कुन्ती पोखरेलले देशमा गणतन्त्र ल्याएकाले नै अहिले देशको हालत यस्तो भएको टिप्पणी गरेकी छिन् । उनले आफ्नो पार्टी राजसंस्थाको पक्षमा रहेकोले राजसंस्था पूनःस्थापना गराईछाड्ने बताईन् ।
देशको अभिभावकको रुपमा राजा चाहिने उनको भनाई थियो । उनले आफू देशमा सक्रिय राजसंस्था चाहने व्यक्ति भएको सुनाईन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अहिले घर घरबाट राजा चाहिन्छ भन्ने आवाज उठेको सुनाईन् । उनले आफूहरु अब चुनावमा जाँदा राजासहितको हिन्दूराष्ट्रको माग लिएर जनताको बीचमा जाने पनि बताईन् ।