Logo

कांग्रेस प्रदेश २ को अधिवेशन अनिश्चितकालका लागि स्थगित



काठमाडौँ, २० मङ्सिर। नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ। कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रदेश २ संयोजक रमेश रिजालले पत्रकार सम्मेलन आयोजना गर्दै सर्वसम्मत रुपमा तत्कालका लागि निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जानकारी दिए।

उनले प्रदेशको ८ वटा निर्वाचन क्षेत्रको अधिवेशन नभएको र जनकपुरधाममा विवाहपञ्चमी महोत्सव चलिरहेकोले निर्वाचन गराउनु सम्भव नरहेको बताए। प्रदेश २ मा सर्लाही जिल्लाको कुनै पनि निर्वाचन क्षेत्रको अधिवेशन हुन सकेको छैन भने महोत्तरी, बारा र सप्तरीको १–१ वटाको अधिवेशन हुन सकेको छैन।

कांग्रेसले १४औं महाधिवेशन अन्तर्गत सातै प्रदेशमा १६ मंसिरमा अधिवेशन उद्घाटन गर्ने तय गरेको थियो। अन्य ६ प्रदेशमा निर्वाचन भएर नयाँ नेतृत्व चयन भइसकेको छ भने प्रदेश २ मा विवाद मिलाउन अधिवेशन सारिँदै आएको थियो। विवाद नसुल्झिएपछि अनिश्चितकालका लागि स्थगन गरिएको हो।



प्रतिक्रिया दिनुहोस्