Logo

कांग्रेस केन्द्रीय सदस्यमा खतिवडाको उम्मेदवारी



काठमाडौं, २० मंसिर । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । सोमबार एक कार्यक्रमका बीच नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेता खतिवडाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

पुर्व सासंद समेत रहेका युवा नेता खतिवडाले साथीभाई र शुभेच्छुक नेताहरुको सुझाव र परामर्शमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेको बताए ।

आफु केन्द्रीय समितिमा रहेर कांग्रेसलाई अझै बलियो बनाउन सशक्त भुमिका खेल्ने पनि प्रतिवद्धता गरेका छन् । उनी शेरबहादुर देउवा निकटका नेता हुन् ।

खतिवडाले सबै साथीहरुले आफुलाई सहयोग गर्र्नेमा विश्वस्त रहेको भन्दै र महाधिवेशन प्रतिनिधिहरुलाई आफुलाई मतदान गर्न समेत अनुरोध गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot