Logo

भेनेजुयलामा कोलम्बियाका विद्रोही कमान्डर एल पेसा मारिए



एजेन्सी, २० मङ्सिर। भेनेजुयलामा कोलम्बियाका विद्रोही कमान्डर एल पेसाको मृत्यु भएको छ। उनको भेनेजुयलास्थित आपुरे राज्यस्थित एम्बुसमा परि मृत्यु भएको हो । भाडामा लिइएका हत्याराहरुले थापेको एम्बुसमा परि उनको मृत्यु भएको हुनसक्ने बीबीसीमा खबर छ । यद्यपि आधिकारिक रुपमा उनको मृत्युको पुष्टि भइ नसकेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार कोलम्बियाको आर्मीले एल पेसाको मृत्युबारे आफू बेखबर रहेको बताएको छ भने कोलम्बियन अधिकारिहरुले समेत उनको मृत्यु भएको हो या हैन भन्नेबारे पुष्टि भइ नसकेको बताएको छ ।

उनको मृत्युबारे विस्तृत अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् । हर्नान डेरिओ वेलास्क्विज उर्फ एल पेसा कोलम्बियाको विद्रोही समूह रिभोलुसनरी आम्र्ड फोर्सेस अफ कोलम्बिया (फार्क)का कमाण्डर हुन् । फार्क विद्रोहीहरु माक्र्सवादी समूहका थिए । जसले कोलम्बियाको सरकारविरुद्ध ५० वर्षसम्म युद्ध गरेको थियो ।-Photo Source: BBC



प्रतिक्रिया दिनुहोस्