Logo

टहरामा तास खेल्ने ५ जना पक्राउ



भक्तपुर, २० मंसिर । तास खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । मध्यपुर ठिमी नगरपालिका–३ कौशल्टार कमलधारास्थित ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–१० भएका २९ वर्षीय भेष बहादुर भुजेलको टहरामा तास खेलिरहेको अवस्थामा भुजेल लगायत ५ जना आइतबार राति पक्राउ परेका हुन् ।

उक्त टहरामा जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरुलाई ३४ हजार रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्