Logo

गोलाप्रथा लागु भएपछि पाका न्यायाधीशहरुलाई सास्ती, १० नबज्दै कार्यालय पुग्न थाले



काठमाडौं, २० मंसिर । सर्वोच्च अदालतमा गोलाप्रथा लागु भएपछि अहिले हड्ताली न्यायाधीशहरु तनावमा परेका छन् । सुरुमा गोलाप्रथा लागु गर्ने न्यायाधीशहरु अहिले उक्त नियम लागु गर्न आनाकानीमा उत्रिएका छन् । मंसिर १५ गतेबाट गोलाप्रथा लागु भएपनि अहिलेसम्म राम्रोसँग मुद्दाको सुनुवाई हुन नसकेको आलोचना भैरहेको छ। हुन त हड्ताली न्यायाधीशहरु सबै इजलासमा फर्किसकेका छन् ।

अहिले सर्वोच्च अदालतमा अर्को चर्चा पनि चल्न थालेको छ । न्यायाधीशहरु बुढेसकालमा विहानै ९ बजे अदालत आईपुग्नुपर्ने बाध्यता छ । गोलाप्रथा लागु भएपछि न्यायाधीशहरु विहान ९ बजे नै सर्वोच्च अदालतमा आईपुग्ने गरेका छन् । अहिले न्यायाधीशहरु कार्यालय समय सुरु हुनुभन्दा अघि नै अदालत पुग्ने गरेका छन् । र, गोलाबाट इजलास गठन हुने गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा त सुरुदेखि नै अदालतमा गोलाप्रथा लागु गर्ने मुडमा थिए । तर, अरु न्यायाधीशहरुले नै अत्तो थापेर गोलाप्रथा लागु गर्न नदिएको गुनासो अदालतभित्रैबाट आईरहेको छ ।

गोलाप्रथा लागु गर्नको लागि सुरुवातदेखि नै प्रतिवेदन तयार पार्ने हरिकृष्ण कार्की पनि अनिच्छुक थिए भन्ने चर्चा चलेको थियो । अहिले अवकाशको मुखमा पुगेका न्यायाधीशहरु गोलाप्रथा लागु भएपछि ठूलो तनावमा परेका छन् । विहानै कार्यालय पुग्नुपर्ने उनीहरुसामु बाध्यता छ । file photo



प्रतिक्रिया दिनुहोस्