Logo

खतराजन्य पदार्थ आयात निर्यातको अनुमति पाउनु नेपालको लागि उपलब्धि हो: मन्त्री आले



काठमाडौँ, २० मङ्सिर। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले खतराजन्य पदार्थ आयात निर्यातको अनुमति पाउनु नेपालको लागि उपलब्धि भएको बताएका छन् ।

आज (सोमबार) मन्त्रालयमा आयोजित नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ आयात तथा निर्यातको अनुमति प्रमाणपत्र जारी गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयमा हुने हरेक खर्चमा मितव्ययिता अपनाइएको दाबी पनि गरे ।

सम्बोधन गर्दै मन्त्री आलेले भने– ‘यहाँको स्थानीय लेभलमा यहाँका व्यवसायीहरुलाई पनि हरेक ठाउँमा झन्झट हुन्थ्यो । सामान ल्याउँदा खेरी कम्तीमा अब डाइरेक्ट आउन सक्नेभयो । त्यो पनि एउटा उपलब्धी हो । अर्को कुरा जुन सामानहरु हामी बाहिरबाट क्यारी गर्छौं त्यो भन्दा दुई गुणा, ३ गुणा बढी हामीले पाउनेभयौ । जुन जुन फ्लाइटमा यात्रु नभएको अवस्थामा पनि डेन्जरस् गुड क्यारी गरेर हामी यहाँ ल्याउाछौं यसले नाफा दिन्छ । एकदमै सह्रानीय कुरा हो यो ।’



प्रतिक्रिया दिनुहोस्