२० मङ्सिर: भारत र रुसकाबीचमा सोमबार विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ । विशेष गरेर सैनिक सेवाका लागि आवश्यक पर्ने कामका लागि सहयोग र सहकार्य गर्ने सम्झौतामा उल्लेख गरिएको छ । भारतका रक्षा मन्त्री राजनाथ सिंह र रुसका समकक्षी सेर्गेइ शोयगुको सहभागीतामा भएको बैठकपछि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
“भारतलाई रुसले गरेको बलियो सहयोगको भारत गहिरोसँग स्वागत गर्दै धन्यवाद ज्ञापन गर्दछ,” भारतका विदेश मन्त्री सिंहले भने । भारत र रुसकाबीचमा भएको सहयोग र सहकार्यको आदानप्रदानको सम्झौताले यस क्षेत्रमा शान्ति र स्थीरता स्थापना गर्न सहयोगी हुने उनले विश्वास व्यक्त गरे । रक्षामन्त्री सिंहले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “रुसी समकक्षीसँगको भेटवार्ता अत्यन्त उपलब्धीमुलक र उपयोगी भयो ।”
भारतले रुससँगको सहकार्य र सम्झौतालाई विशेष महत्वका साथ लिएको र रणनीतिक साझेदारको रुपमा बुझेको उनको भनाई छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन औपचारिक भारत भ्रमणमा आउन लागेकै दिन भारत र रुसकाबीचमा यस्तो महत्वपूर्ण सम्झौता भएको हो । विदेश भ्रमण निकै कम गर्ने पुटिन भारत—रुस बार्षिक शिखर सम्मेलनमा सहभागी हुन सोमबार भारत आउन लागेका छन् ।-एएनआई/Photo: Agency
Had a productive, fruitful and substantial bilateral discussions on defence cooperation with the Russian Defence Minister, General Sergey Shoigu in New Delhi today. India values its special and privileged strategic partnership with Russia. pic.twitter.com/9WNBx6m7ok
— Rajnath Singh (@rajnathsingh) December 6, 2021