Logo

५० अर्ब रकमको एके-२०३ राइफल भारत-रुसको संयुक्त उत्पादन सम्झौता



एजेन्सी, २० मंसिर । भारतले रुससँग हतियार उत्पादनसम्बन्धी महत्वपूर्ण सम्झौता गरेको छ । सम्झौता अनुसार भारत रुस संयुक्त साझेदारको एके-२०३ राइफल उत्तर प्रदेशमा उत्पादन हुनेछ ।

६ लाख प्रति राइफल उत्पादनको सम्झौता ५० अर्ब भारतीय रुपैयाँ बराबरको छ । यो ८० अर्ब नेपाली रुपैयाँ बराबर हुन्छ ।

सम्झौता हस्ताक्षरमा भारतका रक्षामन्त्री राजनाथ सिंह र रुसका रक्षामन्त्री सेरगेई सोगिउ सहभागी थिए । भारत र रुसले सन् २०२१ देखि २०३१ सम्म सैन्य प्रविधिको सहयोग आदानप्रदानमा हस्ताक्षर पनि गरेका छन् ।

सोमबार साँझ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने तय हुँदा हतियार उत्पादनसम्बन्धी सम्झौता भएको हो ।

एके-२०३ राइफल इन्डो रसिया राइफल लिमिटेड उत्पादक हो । यसको डिजाइनर रुसका मिखाइल खालासिन्कोभ हुन् ।

भारतको सैनिकले प्रयोग गर्दै आएको इन्सास राइफललाई एके-२०३ राइफलले विस्थापित गर्ने भएको छ ।

३.८ केजी तौलको राइफल एक मिनेटमा ७ सय राउन्ड फायर गर्ने क्षमताको हुन्छ । यो ४ सय देखि ८ सय मिटर टाढासम्म प्रहार गर्न मिल्छ ।



प्रतिक्रिया दिनुहोस्