Logo

न्यायाधीशलाई घुस खुवाउँछौं भन्ने बरिष्ठ अधिवक्ताहरुको लाईसेन्स खारेज गर्न स्वतन्त्र कानून व्यवसायीहरुको माग



काठमाडौं, २० मंसिर । बरिष्ठ अधिवक्ता शम्भु थापा र रमनकुमार श्रेष्ठले आफूहरुले न्यायाधीशलाई घुस खुवाएको भनेर सार्वजनिक रुपमै बोलेपछि आम क्षेत्र तरंगित बनेको छ । थापाले एक टेलिभिजन अन्तर्वार्तामा ‘न्यायाधीशहरु घुस खान्छन् हामी खुवाउँछौं’ भन्ने आशयको अभिव्यक्ति दिएका थिए । उनको यो अभिव्यक्तिले राजनीतिमा पनि तरंग ल्याएको थियो ।

अहिले बारको आन्दोलन पनि थापा र श्रेष्ठकै निर्देशमा भएको आरोप छ। तर, उनीहरुले भने न्यायालय शुद्धिकरणको लागि आफूहरुले आन्दोलन गरेको भनेर सार्वजनिक रुपमै बोल्ने गरेका छन् । बारको सल्लाहकार समितिको बैठकमा अधिवक्ता श्रेष्ठले पनि एक क्विन्टल घुसको कुरा गरेका थिए । उनीहरुले यस्तो विवादित कुरा गरेपछि उनीहरु आँफै स्वयम विवादमा परे ।

कतिपयले सामाजिक सञ्जालमा घुस खुवाएको कुरा अधिवक्ताहरुलाई थाहा भयो ? भन्दै प्रश्न गरेका छन् । स्वतन्त्र कानून व्यवसायीहरुले अहिले खुलेआम हामी घुस खुवाउँछौं भन्ने अधिवक्ताहरुको लाईसेन्स खारेजीको माग गर्न थालेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्चको नेतृत्वमा आएपछि थापा, श्रेष्ठलगायतका ठूला अधिवक्ताहरुको कुरा नसुन्ने र जनतको पक्षमा फैसला गर्न थालेपछि उनीहरु तनावमा थिए । त्यही रिस उनीहरुले अहिले बारको आन्दोलनमार्फत फेरिरहेको पनि चर्चा छ । file photo



प्रतिक्रिया दिनुहोस्