![](https://reportersnepal.com/wp-content/uploads/2021/11/omicron-corona-virus-768x576.jpg)
काठमाडौं, २० मंसिर । सरकारले अब लकडाउन नगर्ने भएको छ । नयाँ प्रजातिको ओमिक्रन कोरोना भाइरस नेपालमा पनि देखिएपनि लकडाउन नगर्ने भएको हो ।
स्वास्थ्य मन्त्रालयले लकडाउने गर्ने कुनै योजना नभएको प्रष्ट पारेको छ । बरु जोखिमलाई दृष्टिगत गरी सावधानी अपनाउन आग्रह गरेको छ ।
कोरोना भाइरसको नयाँ प्रजातिको आमिक्रन नेपालमा पनि भेटिएपछि त्रास फैलिइरहँदा सरकारले भने लकडाउन नगर्ने भएको हो । बरु खोपको अभियानलाई बढाउँदै लाने र खोप नलगाएकालाई कडाई गर्नेतर्फ सरकारले तयारी गरिरहेको बुझिएको छ ।