Logo

प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा प्रकाश सपुत दोस्रोपटक नियुक्त



काठमाडौं, २० मंसिर । प्रभु बैंकले ब्राण्ड एम्बास्डरमा नेपाली सांगितिक क्षेत्रका लोकप्रिय गायक प्रकाश सपुतलाई दोस्रोपटक नियुक्त गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले गायक सपुतलाई बैंकको ब्राण्ड एम्बास्डरमा थप अवधिका लागि निरन्तरता दिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंकले गत वर्ष देखि नै सपुतलाई आफ्नो ब्राण्ड एम्बस्डरमा नियुक्त गरेकोमा उक्त अवधि समाप्त भएको हुँदा थप अवधिका लागि प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा निरन्तरता दिने भएको बैंकले जनाएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्