काठमाडौँ, २० मंसिर । मेगा बैंक नेपाल लिमिटेडले परासीमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले लुम्बिनी प्रदेशको नवलपरासी जिल्ला (सुस्ता पश्चिम)को सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका वडा नम्बर ३ मा नयाँ शाखा संचालनमा ल्याएको हो ।
यस मेगा बैंकको २०३औं शाखा हो । मेगा बैंकले यस आर्थिक बर्षमा १६ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।