Logo

माईत जाँदै गरेका नव विवाहित जोडी सहित ४ जनाको दुर्घटनामा मृत्यु



बैतडी, मंसिर २१। बैतडीमा जीप दुर्घटना हुदाँ चार जनाको मृत्यु भएको छ भने, ६ जना घाइते भएका छन् । पाटनबाट सकारका लागि हिडेको से १ज ८८८ नम्बरको जीप पाटन नगरपालिका वडा न १ सकार खोलामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । मृतक मध्ये २ जना नव विवाहित जोडी भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा पाटन ७ कैलपाल माइत भएकी २० बर्षीया मनिषा विक र उनका श्रीमान २४ बर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ बर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ बर्षीया रमा भट्टराई रहेका छन् ।

उनीहरु चारै जनाको घटनास्थलमै मृत्यु भएको हो । मनिषा र प्रेम १० दिन अघि मात्रै विवाह बन्धनमा बाँधिएका बुझिन आएको छ । उनीहरु घरबाट माइती फर्कदै गरेको प्रहरीले जनाएको छ ।

घाइते मध्ये ४० बर्षिय जानकी भट्राईको अवस्था गम्भीर रहेको छ । घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot