Logo

कांग्रेस १४औँ महाधिवेशनः यस्तो छ तयारी



काठमाडौं, मंसिर २१ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन सत्रका लागि भृकुटीमण्डप प्राङ्गण तथा कभर्ड हल सजाउन सुरु गरिएको छ । महाधिवेशनको औपचारिक उद्घाटनका लागि प्राङ्गणमा मञ्च निर्माण हुँदै छ भने बन्दसत्रका लागि कभर्डहल प्रयोग हुने भएको छ । यही शुक्रबार २४ गते दिउँसो प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्ने तयारी छ ।

मञ्च व्यवस्थापन समितिका सदस्य डा प्रदीप पराजुलीले मञ्च निर्माणका लागि आवश्यक सामग्री भृकुटीमण्डप पु(याइसकेको बताए । मञ्च सुरक्षा घेरबारका सामग्री पनि थुपार्न थालिएको छ । त्यस्तै, कभर्डहलभित्र पनि मञ्च निर्माण र सिट व्यवस्थापनको काम सुरु हुँदै छ । तीन दिनको अवधिमा मञ्च निर्माणदेखि सिट व्यवस्थापनलगायतका निर्माणकार्य पूूरा भइसक्नेछन् ।

महाधिवेशनमा प्रतिनिधि तथा पर्यवेक्षक गरी करिब पाँच हजारको सहभागिता हुने अपेक्षा गरिएको छ । प्रतिनिधिका सवारीसाधन पार्किङका लागि खुलामञ्च, विशिष्ट व्यक्ति तथा आमन्त्रित पाहुनाको सवारी पार्किङ महेन्द्र पुलिस क्लब र राष्ट्रिय सभागृहमा व्यवस्था गरिएको छ ।

त्यस्तै, केन्द्रीय पदाधिकारी तथा सदस्यको मतदानका लागि भृकुटीमण्डप कभर्डहल, बाहिर प्राङ्गण र राष्ट्रिय सभागृह गरी तीन स्थानमा मतदान केन्द्र राखिनेछन् । कांग्रेस महाधिवेशन अवधिभरका लागि प्रदर्शनीमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ ।
महाधिवेशन व्यवस्थापनका लागि कांग्रेस पार्टी समर्थक भूतपूर्व सैनिक सङ्घको नेतृत्वमा १५० जना अवकाशप्राप्त सैनिक कर्मचारी स्वयम्सेवकका रूपमा महाधिवेशन स्थलमा खटिनेछन् ।

महाधिवेशन सुरक्षाका लागि महानगरीय प्रहरी परिसर काठमाडौंले विशेष सुरक्षा योजना नै बनाएको छ । प्रहरी उपरीक्षक दिनेश मैनालीको कमान्डमा दुई हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिनेछ ।

सञ्चारकर्मीको सुविधाका लागि ‘मिडिया सेन्टर’ स्थापना गरिने भएको छ । मञ्चनजिक विभिन्न मिडियाका क्यामेरा पर्सनबाहेक अन्यको प्रवेशमा रोक लगाइएको छ ।

अन्य सञ्चारकर्मीका लागि मिडिया सेन्टरमा बसेर टीभी डिस्प्लेबाट सूचना तथा समाचार सङ्कलनको व्यवस्था गरिएको छ । महाधिवेशन प्रतिनिधिको आवास सुविधाका लागि सुन्धारा, ठमेल, गोङ्गबु नयाँ बसपार्क र सिनामङ्गललगायत क्षेत्रका होटलमा छुट्ट्याइएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार, मतदाता नामावली २४ गते १० बजे पार्टी कार्यालय सानेपामा प्रकाशन गरिनेछ । उम्मेदवारको मनोनयन २५ गते १०–५ बजेसम्म, मनोनयन पत्रमाथि दाबी विरोध दर्ता २६ गते बिहान ८–१० बजेसम्मलाई तोकिएको छ ।
सोउपर निर्णय दिउँसो १०–१२ बजेसम्म, उम्मेदवारको वर्णानुक्रम नामावली प्रकाशन सोही दिन १२–३ बजेसम्म, मनोनयन फिर्ता लिने समय साँझ तीन÷चार बजेको बीचमा, उम्मेदवारको अन्तिम नामावली प्रकाशित २६ गते साँभm पाँच बजे र मतदान २७ गते बिहान आठ बजेबाट सुरु हुने आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot