Logo

पुटिनसँग मोदीको साँढे ३ घन्टा कुराकानी



एजेन्सी, २१ मंसिर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग साँढे ३ घन्टा कुराकानी गरेका छन् । दुई नेताबीच जी २०, ब्रिक्स, सांघाई कोअपरेशन अर्गनाइजेशन, अफगानिस्तान र आतंकवादीविरुद्धको संघर्षका बारे छलफल भएको रुसी समाचार संस्था तासले जनाएको छ ।

पुटिनले भारतले महान शक्ति भन्दै भारत भ्रमणको निम्तोप्रति धन्यवादज्ञापन गरे । रुसले आर्थिक र सैन्य सम्बन्धबारे छलफल गरेको उल्लेख छ ।

यसअघि भारत र रुसबीच ५० अर्ब भारु बराबरको राइफल उत्पादनको सम्झौता भइसकेको छ । दुई देशबीच बलियो सैन्य सम्बन्ध छ ।-Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्

Screenshot