Logo

कांग्रेस नेता भोला चौधरीद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा



जनकपुरधाम, २१ मंसिर । नेपाली कांग्रेसको महासमिति सदस्य भोला चौधरीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । पुर्व आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका चौधरीले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा मधेसी आरक्षणतर्फबाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनी नेपाली काङ्ग्रेसको पुर्व सांसद एवम् केन्द्रिय सदस्य राम कृष्ण यादवका निकट नेता हुन् । नेता चौधरी धनुषा जिल्लाका क्षेत्र नम्बर २ औरही गाउँपालिका नेपाली काङ्ग्रेसको पुर्व केन्द्रिय सदस्य समेत हुन् । साथै ४० वर्षदेखि नेपाली कांग्रेसका राजनीतिमा सक्रियता रहेको, जन आन्दोलनका बेला जेल समेत उनी बिताईसकेका र राजनीति जीवनमा धेरै संघर्ष गरेका नेता हुन् ।

उनले सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुलाई आफुलाई मत दिन समेत आग्रह गरेका छन् । राजनीतिक यात्राका ४ दसक, नैतिकता र इमान्दारितालाई आधारभूत मार्गदर्शन मानेर बिताएको बताउँदै पार्टी र समाज रुपान्तरणको यो यात्रामा यति बेला सबैको साथको अपेक्षा राखेको उनले बताए ।

उनले विश्वासलाई डगमगाउन र अपेक्षा लाई इमानका साथ पूरा गर्नेे प्रतिवद्धता समेत गरेका छन् । नेता चौधरीले समृद्ध देश र रूपान्तरण सहितको सशक्त कांग्रेस निर्माणको अभियानमा विवेकपूर्ण कदमसहित अगाडि बढ्न उनले हार्दिक अपिल गरे । उनी क्षेत्रमा प्रभावकारी नेताको रूपमा चिनिन्छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot