Logo

स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि.उत्कृष्ट निर्यात कम्पनीको रुपमा सम्मानित



काठमाडौँ, २१ मंसिर । के.एल. दुगड समूह अन्र्तगतको स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि लाई मोरङ व्यापार संघले सम्मान गरेको छ । कम्पनी आर्थिक वर्ष २०७७/७८ मा मोरङ सुनसरी औद्योगिक कोरिडोरबाट सर्वाधिक निर्यात गरी मुलुकको व्यापार घाटा न्युनीकरण एवम् अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याइ उत्कृष्ट निर्यातकर्ता भएकोमा संघले सम्मान गरेको जनाएको छ ।

संघले उक्त सम्मान आफ्नो ६५ औँ वार्षिक साधारण सभाको समुदघाटन समारोहको अवसरमा सम्मानीय अर्थमन्त्री जनार्दन शर्मा ज्यूबाट स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि.का संचालक विकास दुगडलाई प्रदान गरेको हो ।

स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि.ले स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ सनफ्लावार तेल, सनफ्लो सनफ्लावार तेल जस्ता गुणस्तरीय तथा लोकप्रिय तेलहरु उत्पादन गरि बिक्रि–वितरण गर्दै आईरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot