Logo

एक सय शैय्याको अस्पताल हुनेले नर्सिङ् पठाउन पाउनेः मन्त्री पौडेल



चितवन, २१ मङ्सिर: शिक्षामन्त्री देवेन्द्र पौडेलले आफ्नै एकसय शैय्याको अस्पताल भएका कलेजले मात्र नर्सिङ् पढाउन पाउने बताएका छन् । आज पत्रकारसँग कुराकानी गर्दै उनले चिकित्सा शिक्षा आयोगले बनाएको ऐनभन्दा बाहिर गएर काम गर्न नसकिने बताएका हुन् ।

आयोगले दुई वर्ष पहिला बनाएको ऐनमा आफ्नै स्वामित्वमा रहेका कलेजले एकसय शैय्याको अस्पताल बनाउन पाउने उल्लेख गरिएको छ भन्दै उनले भने, “मापदण्ड पुगेका कलेजले मात्र पढाउन पाउछन् । अन्यको हकमा भने छलफल भइरहेको छ । ”

मन्त्रालयमा केही दिनअघि बसेको बैठकले मान्यता प्राप्त एक सय शैय्याका अस्पताल भएका सबै कलेजमा पठनपाठन सुरु गर्न भनिएको मन्त्री पौडेलको भनाइ थियो । पिसिएल नर्सिङ्को अध्ययन विसं २०८० बाट खारेज गर्ने भनिएकाले अब यसलाई सञ्चालन गर्न नसकिने जानकारी दिए ।-रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot