
काठमाडौँ, २१ मङ्सिर। नेपाली कांग्रेसका नेता जीवन परियारले केन्द्रीय पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले पार्टी वरिष्ठ नेता रामचन्द्र पाैडेल, महामन्त्री शशांक काेइराला, नेता शेखर काेइराला र कोषाध्यक्ष सीतादेवी यादवकाे समूहबाट उम्मेदवारी दिने घोषणा गरेका हुन् । परियार दुईपटक केन्द्रीय सदस्य भइसकेका छन् ।
उम्मेदवारी घोषणा गर्दै परियारले भने, ‘कांग्रेसमा प्रजाान्त्रिक समाजवादी विचार धारालाई व्यावहारिक बनाउन आफूले सहमहामन्त्री पदमा उम्मेदबारी दिन लागेको उनले बताए। ‘पार्टीमा दलित समुदायलाई बढी भन्दा बढी सहभागिता गराउन मेरो पहल हुनेछ।’
महाधिवेशन हुन तीन दिन बाँकी रहँदा नेता परियारले दलिततर्फकाे सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् । प्रजातान्त्रिक समाजवादलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न, सामाजिक रूपान्तरण र न्यायकाे सुनिश्चितता गर्न, पार्टीको विधान सफल कार्यान्वयन गर्न, सबल नेतृत्व निर्माण गर्न, अस्तव्यस्त भातृ संगठनलाई व्यवस्थित गर्न र पार्टीको विकास विभाग गठन गर्न उम्मेदवारी दिएकाे स्पष्ट पारेका छन् ।