Logo

महाधिवेशनमा सहभागी हुन विभिन्न देशका राजनीतिक दललाई कांग्रेसले गर्यो पत्राचार



काठमाडौं, २१ मङ्सिर । नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा सहभागी हुन विभिन्न देशका राजनीतिक दललाई पत्राचार गरेको छ । कांग्रेसले मंसिर २४ गतेदेखि काठमाडौंमा आयोजना गर्न लागेको पार्टीको महाधिवेशनमा शुभकामना दिनका लागि भारतीय जनता पार्टी, कांग्रेस आई, चिनियाँ कम्युनिष्ट पार्टीलगायत अन्य देशका राजनीतिक दललाई पत्राचार गरेको हो ।

भारतबाट प्रतिनिधिहरु सहभागी हुने भएपनि कोरोनाको नयाँ भेरियन्टका कारण चीनका प्रतिनिधि नआउन सक्ने सम्भावना रहेको जनाइएको छ । कांग्रेसले मंसिर २४–२६ मा काठमाडौंमा १४औं महाधिवेशन गर्दैछ । महाधिवेशन प्रतिनिधिहरु काठमाडौं आउँने क्रम समेत सुरु भएको भएको छ । साथै बिभिन्न पदका आकांक्षले आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्