Logo

एमाले अध्यक्ष ओली फकाउँदै बारका पदाधिकारी, आज भेट्दै



काठमाडौं, २१ मंसिर । नेपाल बार एशोसिएशनका पदाधिकारीले आज प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न जाने भएका छन् । प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउन दबाब दिर्इरहेका बार र सर्वोच्च बारका पदाधिकारीले एमालेलाई फकाउनको लागि कसरत गरिरहेको छ ।

एमालेले भने प्रधानन्यायाधीशमाथि महाभियोग लगाईए परमादेश जारी गर्ने अरु चार जना न्यायाधीशहरुमाथि पनि महाभियोग लगाउने चेतावनी दिईसकेको छ । पछिल्लो समय बारले प्रधानन्यायधाीशविरुद्ध राजनीतिक दल र यसका शीर्ष नेताहरुलाई गुहारिरहेको छ ।

खासगरी अमुक न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउनको लाग बारका अगुवाहरुले नियोजित रुपमा आन्दोलन चर्काएको भनेर अहिले सर्वत्र आलोचना भैरहेको छ । यही असार २८ गते संसद् बैठक आह्वान गरिएको छ । उक्त बैठकमा यो विषयले प्रवेश पाउने चर्चा छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot