
दमौली, २१ मङ्सिर: तत्कालीन संविधानसभा सदस्य रामचन्द्र पोखरेलले नेपाली कांग्रेसको आसन्न आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आज आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी नेताका भावना र सल्लाहअनुसार उम्मेदवारी दिन लागेको बताए ।
उनी तनहुँ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भएका थिए ।