Logo

कांग्रेस महाधिवेशनः २ हजार सुरक्षाकर्मी खटाइदै, पार्किङको जिम्मा ट्राफिक महाशाखालाई



काठमाडौं, २१ मंसिर । सत्तारुढ दल नेपाली कांग्रेस यतिबेला १४औं महाधिवेशनको तयारीमा जुटेको छ । कांग्रेसको आगामी मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने महाधिवेशनको लागि २ हजार सुरक्षाकर्मी परिचालन गरिने भएको हो । यसको जिम्मा महानगरीय प्रहरी परिसरलाई दिइएको छ ।

महाधिवेशन सुरक्षाको लागि महेन्द्र पुलिस क्लब, महानगरीय प्रहरी सहायता कार्यालय र अन्य विभिन्न गणबाट ठुलो संख्यामा सुरक्षाकर्मी थप गरिएको छ। त्यस्तै, सवारी साधन पार्किङको जिम्मा भने महानगरीय ट्राफिक महाशाखाले पाएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्