काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको साझा उम्मेदार तय गर्न चाक्सीबारीमा छलफल सुरु भएको छ । छलफलमा शिर्ष नेताहरुको उपस्थिति रहेको छ ।
प्रकाशमान सिंह निवास चाक्सी बारीमा भइरहेको छलफलमा शंशाक कोइराला, प्रकाशमान सिंह, रामचन्द्र पौडेल, सीता यादव, रामकृष्ण यादव, महेश आचार्य, धनराज गुरुङ, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल लगायतको उपस्थिती रहेको छ । आजको बैठकले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिको लागि साझा उम्मेदवार तय गर्ने भएको छ ।