Logo

कृषि विश्वविद्यालयको उपकुलपतिमा डा. महतो नियुक्त



जनकपुर, २१ मङ्सिर। प्रदेश २ सरकारले कृषि विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले डा. वैद्यनाथ महतोलाई कृषि विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले गत कार्तिक २३ मा प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेका थिए ।

विश्वविद्यालयका थप काम अघि बढाउन उपकुलपति नियुक्त गरिएको प्रदेश सरकारले जनाएको छ। अहिलेसम्म विश्वविद्यालयको कार्यालय र कर्मचारीको व्यवस्थापन भएको छैन। केही दिनमै विश्वविद्यालयको कार्यालय उद्घाटन गर्ने तयारी रहेको सामाजिक विकासमन्त्री नवलकिशोर साहको सचिवालयले जनाएको छ। उपकुलपति नियुक्त गरिए पनि कृषि विश्वविद्यालयको भौतिक संरचनाको अझैसम्म अत्तोपत्तो छैन ।

उपकुलपति नियुक्त भएको महतो यसअघि प्रदेश नीति आयोगका सदस्य थिए। उनले सोमबार मात्रै नीति आयोगको सदस्यबाट राजीनामा दिएका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot