Logo

सहमति नजिक छौं, भोलिसम्ममा साझा उम्मेदवार : पौडेल



काठमाडौं, २१ मंसिर : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भोलि सम्ममा साझा उम्मेदवार छान्ने दाबी गरेका छन् । पार्टीको १४ औं महाधिवेशनमा संस्थापनइतर पक्षबाट साझा उम्मेदवार तय गर्न भन्दै मंगलबार चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको बैठकपछि नेता पौडेलले सहमतिमै साझा उम्मेदवार तय हुने बताएका हुन् ।

नेता पौडेलले आफूहरु सहमतिको नजिक पुगेको दाबी गरे । ‘हामी सहमतिको निकै नजिक पुगेका छौं’ बैठकपछि पौडेलले भने, ‘भोलिसम्म हाम्रो निर्णय बाहिर आउँछ ।’ साझा उम्मेदवार तय गर्न केही प्रकृया पूरा गर्न बाँकी रहेको उनको भनाइ थियो ।

बैठकपछि महामन्त्री डा शशांक कोइरालाले आफूले सभापतिमा दाबी छाडेको बताएका थिए । संस्थापन इतरबाट अब रामचन्द्रका साथै शेखर, प्रकाशमान सभापतिको आकांक्षी रहेका छन् । न्युज कारखाना



प्रतिक्रिया दिनुहोस्