Logo

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)द्धारा एमसीसी परियोजना अन्तर्गतका सम्पुर्ण जग्गा कब्जा



काठमाडौं, २२ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)ले एमसीसी परियोजना अन्तर्गत निर्माणाधिन सबस्सटेशनको सम्पुर्ण जग्गा कब्जा गरेको छ । क्रान्तिकारीले परियोजना अन्तर्गत अपर तामाकोसीको पावरहाउसको प्रोेजेक्टको नाममा हल्ला फिजाएर चाँगुनारायण–२ मा ७९ रोपनी क्षेत्रफलमा बन्दै गरेको सबस्टेसनका सबै जग्गा कब्जा गरेको जानकारी दिएको हो ।

भ्रष्ट, दलाल, तस्कर, घुस्याहा, बलात्कारी र सुदखोरहरुको ठोक्ने जनताको पार्टी हो भन्दै राष्ट्रघाती एमसीसी जस्ता सम्पुर्ण परियोजनाका प्रक्रिया रोक्ने संघर्षमा उत्रेको क्रान्तिकारीले जनाएको छ ।

क्रान्तिकारीका केन्द्रीय जनसत्ता प्रमुख क.अपेक्षाद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘राष्ट्रघाती एमसीसीको विपक्षमा रहेको आम नेपाली जनसमुदायहरुको जनमतको अबमुल्यन गर्दै पैसा र सत्ताका लागि विकिरहेका भ्रष्ट दलालहरु विरुद्ध निरन्तर संघर्ष अगडाी बढाउँदै असंलग्न परराष्ट्र नीति विपरित, संविधान भन्दा माथि रहेको राष्ट्रघाती एमसीसी सदनबाट अनुमोदन गर्ने सम्पुर्ण प्रक्रिया खारेज गरि एमसीसीको कार्यालय समेत विघटन गरी त्यस अन्तर्गत निर्माण भइरहेका सबै परियोजनाका कार्यक्रमहरु स्थगित गर्न केन्द्रीय जनसत्ता यो दलाल सत्तालाई चेतावनी दिन चाहान्छ ।’

साथै क्रान्तिकारीले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको यो संघर्षमा सम्पुर्ण देशभक्त, प्रगतिशिल तथा क्रान्तिकारी जनसमुदायहरुमा एकतावद्ध भएर लड्न समेत अपिल गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot