Logo

राष्ट्रिय युवा संघका सदस्य श्रेष्ठको २ लाखले गयो ज्यान



भक्तपुर, २२ मंसिर । भक्तपुरको बालकोटमा मंगलबार एक युवकको हत्या भएको छ । राष्ट्रिय युवा संघका जिल्ला सदस्य ३३ वर्षीय राजन श्रेष्ठको हत्या भएको प्रहरीले जनाएको छ ।

श्रेष्ठको राजनीतिक कारण हत्या नभएको भन्दै सामान्य लेनदेनको विषमा कुटपिट हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठले तिर्नुपर्ने २ लाख रुपैयाँको विषयमा विवाद बढ्दै जाँदा घटना भएको प्रहरीको भनाई छ ।

सुर्यविनायक नगरपालिका–२ बालकोट नजिकै खाली जग्गामा बुधबार श्रेष्ठ मरणासन्न अवस्थामा फेला परेका थिए । उनको टाउकोमा गहिरो चोट लागेको छ । श्रेष्ठलाई उपचारको लागि अस्पताल लगेलगत्तै अस्पतालले मृत घोषणा गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot