Logo

सीटीईभीटीद्धारा यी कलेजका पीसीएल नर्सिङमा भर्ना स्थगन



काठमाडौं, २२ मंसिर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभीटी)ले नर्सिङ कार्यक्रम प्रमाणपत्र तहका भर्ना खुलाइएका शिक्षण संस्थाको भर्ना प्रक्रिया स्थगन गरेको छ । सीटीईभीटीले २०७८/०७९ का लागि भर्ना आह्वान गर्दा प्रक्रिया पुरा नभएको भन्दै १५ वटा शिक्षण संस्थाको भर्ना प्रक्रिया स्थगन गरेको हो ।

सीटीईभीटीले अर्को सुचना नआएसम्मका लागि विद्यार्थी भर्ना नगर्न समेत सम्बन्धित शिक्षण संस्थाहरुलाई सुचित गरेको छ । राष्ट्रिय चिकित्सा ऐन २०७५ को दफा ४२ का साथै चिकित्सा शिक्षा आयोगको २०७७ साउन ३० गतेको निर्णयको प्रतिकुल हुन आएकोले सम्बन्धित कलेजहरुलाई भर्ना प्रक्रिया रद्द गरेको जनाएको छ ।

नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, बी एण्ड बी नर्सिङ ललितपुर, नागरिक कम्युनिटि टिचिङ हस्पिटल भक्तपुर, नेसनल मेडिकल कलेज, अल्का इन्स्टिच्युट अफ मेडिकल साइन्स, काठमाडौं मोडेल हस्पिटल, स्कुल अफ नर्सिङ काठमाडौं लगायत शिक्षण संस्थाको भर्ना सीटीईभीटीले स्थगन गरेको हो ।

 

 



प्रतिक्रिया दिनुहोस्