Logo

भारतमा हेलिकोप्टर दुर्घटनामा परेका सैनिक प्रमुख विपिन रावतको जिवितै उद्धार



एजेन्सी, २२ मंसिर । भारतमा भएको हेलिकोप्टर दुर्घटनामा परेका सैन्य प्रमुख जनरल विपिन रावतको जिवितै उद्धार गरिएको छ । तामिल नाडुको कुनरमा भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । तर, रावतको जिवितै उद्धार गरिएको स्रोतको भनाई उदृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ ।

हेलिकोप्टरमा रावत, उनकी पत्नीसहित नौ जना सवार थिए । जसमध्ये तीनजनालाई अस्पताल लगिएको थियो । उनीहरुमध्ये जनरल रावत पनि थिए ।

आइएएफ एम आइ १७ भी ५ हेलिकोप्टर कुनरमा दुर्घटना भएको भारतको एयर फोर्सले जनाएको छ ।

जनरल रावत भारतको स्थल सेनापति भई सेवाकाललगत्तै नयाँ पद सृजना गरी सैनिक प्रमुख बनाइएका थिए । जसलाई भारतमा चिफ अफ डिफेन्स स्टाफ भनिन्छ ।

रावत भारतका शक्तिशालीमध्येमा पर्छन् । उनी नेपालसँग सीमा जोडिएको उत्तराखण्डका हुन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot