Logo

यी हुन् भारतमा दुर्घटनाग्रस्त हेलिकोप्टरमा परेकाहरु (सुचीसहित)



एजेन्सी, २२ मंसिर । भारतमा सैनिक प्रमुख चढेको हेलिकोप्टर दुर्घटना भएपछि मृतकबारे चासो भएको छ । समाचार एजेन्सी एएनआईले दुर्घटनाग्रस्त हेलिकोप्टर ध्वस्त भएको जनाएको छ । एएनआइले १४ जना हेलिकोप्टरमा सवार भएको उल्लेख गरेको छ । तर, ९ जनाको मात्र नाम खुलाइएको छ ।

मृत्यु हुनेबारे केही खुलाइएको छैन । तीन जनालाई जिवितै उद्धार गरी अस्पताल लगिएको छ ।

हेलिकोप्टरमा सैनिक प्रमुख विपिन रावत, उनकी पत्नी मधुलिका रावत, ब्रिगेडिएर एल एस लिडर, लेफ्टिनेन्ट कर्णेल हरिन्दर सिंहका अलावा सैनिकहरु गुरुसेवक सिंह, जितेन्द्र कुमार, विवेककुमार, बी साइ तेजा र हाभ सतपाल रहेको एएनआईले जनाएको छ ।

आइएएफ एम आइ १७ भी ५ हेलिकोप्टर कुनरमा दुर्घटना भएको भारतको एयर फोर्सले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot