काठमाडौं, २२ मंसिर । नयाँ प्रजातिको ओमिक्रन कोरोना भाइरसविरुद्ध अहिले प्रयोग भइरहेको भ्याक्सिन प्रभावकारी भएको खुलेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हाल प्रयोगमा ल्याइएका कोभिड भ्याक्सिनहरुले ओमीक्रोन भाइरसलाई पनि काम गर्ने उल्लेख गरेको हो ।
डब्लुएचओले कोभिड विरुद्ध लगाइएको खोपले ओमीक्रोनलाई काम गर्दैन भन्नु गलत भएको भन्दै अन्य भाइरस जस्तै खोपले विकास गरेको एन्टीबडीलाई ओमीक्रोनले पनि छल्नसक्ने क्षमता रहेको बताएको हो ।
‘प्रारम्भिक तथ्यांकअनुसार ओमिक्रोनलले डेल्टा वा अन्य भेरिएन्टभन्दा धेरै गम्भीर बनाउँछ भन्ने देखिएको छैन,’ डब्लुएचओले भनेको छ ।
दक्षिण अफ्रिकामा गरिएको एक अध्ययनअनुसार फाइजर खोप कोरोना भाइरसको सुरुको अवस्थाभन्दा ओमिक्रोनविरुद्ध ४० गुणा कम प्रभावकारी रहेको दाबी गरिएको छ ।
डब्लुएचओका एक डाक्टर माईक रायनका अनुसार कोभिडका अन्य भेरियन्ट भन्दा ओमिक्रोनबाट बच्न कोभिडको भ्याक्सिनले राम्रो काम गर्नेछ ।
यस्तै, अफ्रिका हेल्थ रिसर्च इन्स्टिच्युटका भाइरोलोजिस्ट प्रा. एलेक्स सिगलले समेत आफुहरुले १२ जनाको रगत परीक्षण गरेर हेर्दा ओमिक्रोनले सोचेजस्तो प्रभाव पारेको नदेखिएको बताएको छ ।