Logo

समान विचार भएका पार्टीसँग राप्रपाले एकता गर्ने



काठमाडौं, २२ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समान विचार भएका समुहहरुसँग एकता प्रक्रिया अघि बढाउने भएको छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकले समान विचार भएका समुहहरुसँग एकता प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । नवनिर्वाचित कार्यसमितिको पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले समान विचार भएकाहरुसँग वार्ता गर्नका लागि महामन्त्री धवल शमशेर राणाको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो ।

राणाले नेतृत्व गर्ने समितिमा ऋषि बाबु परियार, दिल विकास राजभण्डारी, पुष्पराज पुरुष र सीता ज्ञवाली सदस्य रहेका छन् । यसैगरी, बैठकले महामन्त्रीमा भुवन पाठकको संयोजकत्वमा स्थानिय तह निर्वाचन परिचालन समिति पनि गठन गरेको छ । त्यस्तै, धु्रव बहादुर पाण्डेको संयोजकत्वमा मर्यादाक्रम निर्धारण समिति गठन भएको छ । महामन्त्री कुन्ती शाहीको नेतृत्वमा लेभी निर्धारण समिति समेत गठन गरिएको छ ।

आजको पहिलो बैठकमा नव निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले एजेन्डा पेश गरेका छन् । बैठकमा पुर्व तिन अध्यक्षहरु मध्य पशुपति शमसेर जबरा र प्रकाशचन्द्र लोहनीको उपस्थिति रहेको छ । कमल थापा भने बैठकमा सहभागी छैनन् । तस्बिरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot