काठमाडौं, २२ मंसिर । नेपाली काँग्रेसको संस्थापनइतरको बैठक चलिरहेको छ । बैठकले संस्थापनइतरबाट साझा उम्मेदवारबारे औपचारिक निर्णय गर्नसक्ने बुझिएको छ ।
विश्वस्त स्रोतका अनुसार पूर्वमहामन्त्री प्रकाशमान सिंहको नाममा सहमति बनिसकेको छ । यसको औपचारिक घोषणा भने हुन बाँकी छ ।
सिंहसँग सामूहिक बैठक अघि महामन्त्री सशांक कोइरालाले एक्ला एक्लै वार्ता पनि गरिसकेका छन् । यसलाई अर्थपूर्ण मानिएको छ ।
पावर सेयरिङ गरेर साझा उम्मेदवार तय गरेर नेताहरुले अन्तिम गृहकार्य गर्ने बुझिएको छ ।