Logo

आज प्यानल घोषणा गर्दै सिटौला समूह



काठमाडौं, मंसिर २३ । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेता कृष्णप्रसाद सिटौला समूहले आफ्नो अलग्गै प्यानल घोषणा गर्ने तयारी गरेको छ।.

आज दिउँसो ३ बजेगौशालास्थित नेता सिटौलाको सम्पर्क कार्यालयबाट सिटौलाले प्यानल घोषणाको तयारी गरेका छन् । उक्त प्यान घोषणा कार्यक्रममा सिटौला पक्षका देशभरका नेता कार्यकर्ता सहभागी हुने जनाईएको छ ।

सिटौलाले सभापतिमा आफै उठ्ने वा कुनै समूहलाई सघाउनेबारे भन्नेबारे निर्णय गर्ने अधिकार पाईसकेका छन् । बुधबार उनकै घरमा बसेको बैठकले उक्त निर्णयको आधिकार दिएको थियो । पछिल्लो समय नेता सिटौला महाधिवेशन केन्द्रित रहेर भेटघाटलाई बाक्लो बनाएका छन्

बुधबारै उनले वरिष्ठ नेता रामचन्द्र पौडेलले सिटौलालाई भेटी आफूलाई सहयोग गर्न आग्रह गरेका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot