काठमाडौं, २३ मंसिर । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोना बायर्न म्युनिखसँग पराजित भएको छ ।
यो हारसँगै बार्सिलोना च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।
बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा बायर्न म्युनिखसँग ३–० गाल अन्तरले पराजित भएपछि बार्सिलोना बाहिरिएको हो।
बायर्नको घरेलु मैदानमा भएको खेलमा ३४ औं मिनेटमा थोमस मुलरले गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाए ।
४३ औं मिनेटमा लोरी सानेले गोलगर्दै टोलीको अग्रता दोब्बर बनाए ।
साथै, खेलको ६२ औं मिनेटमा जमलले गोल गर्दै बायर्नलाई ३–० को जित दिलाए ।
यस जितसँगै बायर्नले समूह ‘ई’ बाट समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको छ ।
बायर्नले ६ खेलमा १८ अंक जोड्यो भने बार्सिलोनाले ७ अंक जोड्यो ।