Logo

जिल्ला सभापतिहरुसँग शेखरको परामर्श, के सुझाव दिए त ?



काठमाडौं, २३ मंसिर । पार्टीको १४औं महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा गरिसकेका नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले आज आफूनिकट विभिन्न जिल्लाका नवनिर्वाचित र निवर्तमान जिल्ला सभापतिहरुसँग छलफल गरेका छन् ।

संस्थापनईतर समूहले सभापतिको साझा उम्मेद्धवार तय गर्न नसकेको बेला कोइराला आँफैले आज जिल्ला सभापतिहरुसँग छलफल गरेका हुन् । बसन्धुरास्थित् दियालो फूडल्याण्डमा भएको छलफलमा पार्टीलाई सवल एवम् सुदृढ बनाउनको लागि पनि पौडेल समूहले मिलेर अघि बढ्नुपर्ने र सहमतिमै साझा उम्मेद्धवार तय गर्नुपर्ने सुझाव जिल्ला सभापतिहरुले दिएका छन् । file photo

https://www.facebook.com/dineshchandrathapaliya/videos/392138179322463



प्रतिक्रिया दिनुहोस्