Logo

नेपाली कांग्रेस १४औं महाधिवेशन : पूर्वमन्त्री दीपक खड्काले खुल्ला केन्द्रीय सदस्यमा उम्मेद्धवारी दिने



काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व राज्यमन्त्री दीपक खड्काले पार्टीको १४औं महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्यमा उम्मेद्धवारी दिने घोषणा गरेका छन् ।रिपोर्टर्स नेपाल डटकमका लागि पत्रकार ऋषि धमलासँग संक्षिप्त कुरा गर्दै उनले आफूले केन्द्रीय सदस्य (खुल्ला) मा उम्मेद्धवारी दिने तयारी गरेको जनाए । खड्का पार्टीभित्र कुशल संगठकको रुपमा परिचित छन् ।

उनले पार्टी संगठन निर्माणमा ठूलो योगदान पुर्याएका छन् । उनी संखुवासभाका जिल्ला सभापति पनि हुन् । उनको काम गर्ने शैलीका कारण पार्टीका सबै शीर्ष नेताहरुले उनलाई मन पराएका छन् ।  खड्कालाई पार्टीका प्रायः सबै शीर्ष नेताहरुले मन पराउनुको कारण पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने नै हो।

खड्का छोटो समयको लागि खानेपानी तथा सरसफाई राज्यमन्त्री भएका थिए । उनले उक्त अवधिमा देशभरिका खानेपानीका समस्या समाधान गर्नको लागि उल्लेखनीय काम गरेका थिए। त्यतिमात्रै नभएर उनले मेलम्चीको पानी काठमाडौं ल्याउनको लागि अहोरात्र खटेका थिए। उनको कामको अहिलेपनि उक्त मन्त्रालयका कर्मचारीले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । यसको अलावा खड्काले हाईड्रोपावरमा ठूलो लगानी गरेका छन् । ठूलो संख्यामा उनले रोजगारी सिर्जना गरेका छन् ।

कांग्रेसले गठन गरेको कोरोना महामारीपछिको अवस्थामा लगानी पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित विशेष समितिले अघि सारेको गरिखाने अभियानका लागि गरिखाने अभियान सचिवालय, अध्ययन, अनुसन्धान तथा गरिखाने अभियान प्रदेश समन्वय समिति गठन गरेर अघि बढेको छ।

विशेष समितिअन्र्तगतको सचिवालमा वरिष्ठ उद्योगपति विनोद चौधरी र उमेश श्रेष्ठ, अध्ययन, अनुसनधानमा प्रा.डा. विश्वम्भर प्याकुरेल, डा. रविन्द्र पाण्डे, डा. दधि अधिकारी र राजु नेपाल, गरिखाने अभियानमा हिम रावल, मनोज पौडेल र अमित श्रेष्ठ तथा प्रदेश–१ मा दीपक खड्का, प्रदेश–२ अनिल रुङगाटा, बागमती, गण्डकी र प्रदेश–५ मा इन्द्र बाँनिया, कर्णालीमा खगेश्वर बोहोरा तथा सुदूरपश्चिममा हिम रावल रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot