एजेन्सी, २३ मङ्सिर। एसेज शृंखलाअन्तर्गत पहिलो टेस्टको पहिलो दिन इंग्ल्यान्ड १ सय ४७ रनमा अलआउट भएको छ । इंग्लिस कप्तान जो रुटले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । प्याट कमिन्सले कप्तानका रूपमा सानदार सुरुआत गर्दै ५ विकेट लिए ।
त्यसपछि अस्ट्रेलियाका तीन तीव्र गतिका बलर कमिन्स, मिचेल स्टार्क र जोस हेजलउडले गावामा इंग्ल्यान्डलाई ५०.१ ओभरमै समेटेका थिए । टिम पेनलाई प्रतिस्थापन गरी टेस्ट कप्तानको जिम्मेबारी लिएका कमिन्सले पहिलो खेलमै ५–३८ को सानदार प्रदर्शन गरेका थिए । स्टार्कको २–३५ र हेजलउडको २–४२ को प्रदर्शन थियो ।
इंग्ल्यान्डका ओपनर हसिब हमिद (२५), ओलि पोप (३५), जस बटलर (३९) र क्रिस वोक्स (२१) ले मात्र दोहोरो अंकमा रन छुन सकेका थिए ।-Photo: Agency