Logo

एक्कासी घरभित्र माइक्रोबस छिरेपछि…



चितवन, २३ मंसिर । सडकमा गुडिरहेको माइक्रोबसलाई मालवाहक ट्रकले ठक्कर दिँदा माइक्रोबस घरभित्र छिरेको छ । सडकमा चलिरहेको माइक्रोबसलाई पछाडीबाट ट्रकले ठक्कर दिएपछि अनियन्त्रित भएर राजमार्ग नजिकै रहेको घरमा हुत्तिएको हो ।

पृथ्वीराजमार्गको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ बजारमा बिहीबार बिहान ९ बजेतिर उक्त दुर्घटना भएको हो । दुर्घटना हुँदा काठमाडौंबाट अर्घाखाँची जादै गरेको माइक्रोबसका ४ जना यात्रुहरु सामान्य घाइते भएका छन् ।

एउटै साइडमा रहेको बा ३ ख ८६३० नम्बरको उक्त माइक्रोबसलाई ६ ख ५५०३ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिएको प्रहरीले जनाएको छ । घाइते यात्रुहरुको भरतपुरमा उपचार भइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot