काठमाडौँ, २३ मङ्सिर। नेपाली सेनाले भारतीय चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपीन रावतको निधनप्रति दु:ख व्यक्त गरेको छ। नेपाली सेनाले आज (बिहीबार) विज्ञप्ति जारी गर्दै रावतको निधनप्रति दु:ख व्यक्त गरेको हो। प्रधान सेनापति शर्माले बुधबार समवेदना पत्रसमेत पठाएका थिए।
नेपाली सेनाले एक सच्चा मित्रलाई गुमाएको जनाएको छ। रावतको निधनबाट भारतीय सेनालाई अपूरणीय क्षति भएको समेत सेनाले बताएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले २०१७ मार्च २९ मा भारतीय सेनाध्यक्षको हैसियतमा रावतलाई नेपाली सेनाको मानार्थमहारथीको दर्जाबाट सम्मान गरेकी थिइन्।
भारतीय सेनाको हेलिकोप्टर दुर्घटना हुँदा विपीन राउत, उनकी पत्नीसहित १३ जना सैनिक अधिकारीको मृत्यु भएको थियो ।-Photo: Agency