Logo

आफ्नै सासुको हत्या गरेको अभियोगमा पक्राउ



महोत्तरी, २३ मङ्सिर। आफ्नै सासु ६० वर्षीया जगतारन देवीको हत्या गरेको अभियोगमा मटीहानी नगरपालिका-७ बस्ने ३५ वर्षीया तेत्री देवी खत्वेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जगतारन र तेत्रीबीच घरायसी विवादको कारण झै-झगडा हुँदा तेत्रीले कुटपिट गर्दा जगतारनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी मटीहानीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न तेत्रीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्