Logo

बाइडेनको लोकतन्त्रसम्बन्धी शिखर सम्मेलनमा देउवाले सम्बोधन गर्दै



काठमाडौँ, २३ मङ्सिर। प्रधानमन्त्री शेरबहादुर देउवाले आज (बिहीबार) साँझ अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने लोकतन्त्रसम्बन्धी शिखर सम्मेलनलाई सम्बोधन गर्ने भएका छन्। भर्चुअल माध्यमबाट हुने शिखर सम्मेलनमा देउवाले नेपालले लोकतन्त्र, मानवअधिकार र महिला अधिकार रक्षाका लागि चालेका कदमबारे बोल्ने बुझिएको छ ।

उनले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित शासन प्रणालीप्रति मुलुकका तर्फबाट प्रतिबद्धता जनाउनेछन्। लोकतन्त्रको सान्दर्भिकता र महत्वका अतिरिक्त सुशासन र कानुनी शासनका लागि नेपालमा भइरहेका प्रयासबारे पनि देउवाले धारणा राख्ने भएका छन्। प्रधानमन्त्री देउवा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भर्चुअल सम्मेलनमा सहभागी हुनेछन्।

देउवाका साथमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, मुख्यसचिव शंकर दास बैरागी, परराष्ट्र सचिव भरतराज पौड्याल, परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ अधिकारी सहभागी हुनेछन्।-File Photo



प्रतिक्रिया दिनुहोस्