Logo

रामचन्द्रबाहेक अरुलाई सभापति नछोड्ने शेखरको अडान, बोहराटारमा चार नेताबीच छलफल



काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसको भोलिबाट सुरु हुने १४औं महाधिवेशनमा संस्थापनईतर समूहले सभापतिको साझा उम्मेद्धवार तय गर्न सकेको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेलले त सबैले आफ्नो अडान नछोड्ने र सहमति नगर्ने हो भने आफू राजनीतिबाट नै अलग हुने पनि घोषणा गरिसकेका छन् ।

आज विहानमात्रै पौडेल निवासमा पुगेर सभापतिका आकांक्षी शेखर कोइरालाले भेटवार्ता गरेका थिए । उक्त भेटमा पौडेल र कोइरासँगै डा. मिनेन्द्र रिजाल र मधु आचार्य सहभागी थिए । छलफलमा सहभागी आचार्यका अनुसार शेखरले पौडेललाई ‘तपाईँ साझा उम्मेद्धवार बन्ने हो भने म बाधक बन्दिनँ’ भनेका थिए ।

तर, पौडेल सभापतिको साझा उम्मेद्धवार नबने आफूले कसैलाई पनि नछोड्ने अडान शेखरको थियो । सो क्रममा नेता पौडेलले आफ्नो समूहले एक मतले सभापतिको साझा उम्मेद्धवार तय गर्नुपर्ने धारणा राखेका थिए । त्यसको लागि सम्भावना रहेको पनि उनले सुनाएका थिए ।

तर, सभापतिमा प्रकाशमान सिंहले पनि आफ्नो अडान कायमै राखेका छन् । आज विहान आयोजिक एक कार्यक्रममा उनले आफू कुनैपनि हालतमा सभापतिको उम्मेद्धवारबाट ब्याक नहुने अडा राखिसकेका छन् ।

संस्थापनईतर समूहमा यसअघि सभापतिको रेसबाट पौडेल र महामन्त्रीसमेत रहेका डा. शशांक कोइरालाले भने आफ्नो दाबी छोडिसकेका छन् । तर, सहमतिको लागि अनेक प्रयास गर्दा पनि शेखर र प्रकाशमानले आफ्नो अडानबाट आफूलाई टसमस राखेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्