Logo

“वुहानेसबर्ग” मा स्वागत छ



फेरियल हफाजी:  ओमिक्रोन ले दक्षिण अफ्रिकालाई फेरि आइसोलेट गर्दै एक पछि अर्को विकसित देशहरूले यात्रामा प्रतिबन्द लगाए पछि , यो देश र याँहाका जनताले महामारीको बखत पनि आफ्नो बजार खुला राखेको भुक्तानि अहिले चुकौनुपरेको छ। डिसेम्बर बिदाको मौसम नजिकिँदै गर्दा, हाम्रो देश सास फेर्न पर्खिरहेको थियो। बैजनी हाइड्रेंजिया र गुलाबी बोगनभिलिया संगै जोहानेसबर्गमा वसन्त चाँडै आयो । मन हल्का भयोको थियो । जोहानेसबर्गलाई कोरोनाको तेस्रो लहरले समातेकोले जाडो अव्यक्त दुखद समय थियो। यो क्षतिको मौसम थियो: दुई काकाको अस्पतालमा मृत्यु; एक हप्ता पछि एक प्रिय भाइको मृत्यु भयो; एक प्रसिद्ध पत्रकार मित्र, करिमा ब्राउन; प्रकाशक मित्र नादिया गोथम; एक शेफ जसको ट्विटर टाइमलाइन मेरो आकांक्षाको स्क्रोल थियो, लेसडाचेफ; राष्ट्रिय गीत पक्षीको नामले चिनिने सिबोङ्गिले खुमालो – कोविडसंग हारेर होइन , तर उनी पनि गत वर्षको हामीले गुमाएको लामो सुचिमा सामेल भइन्। अब आशा अन्ततः क्षितिजमा थियो। खोप अभियान बढ्दै जाँदा कोविड मृत्युको बोझ झन्डै शून्यमा गयो। चार्टहरू सपाट देखिन्थ्यो र गत हप्ता सम्म पनि, दैनिक डाटा पछ्याउँदै र हामीले युरोप र अमेरिकामा चौथो लहर उठेको देख्दा , अफ्रीका भने बिदा मनाउनाक लागि संसारको सबैभन्दा सुरक्षित ठाउँ जस्तो लागथियो ।

अफ्रिकामा कोविड वक्र समतल थियो। र त्यसपछि यो आशा नोभेम्बर २४ मा एक पत्रकार सम्मेलनमा चकनाचुर भयो जहाँ अग्रणी दक्षिण अफ्रिकी जीन विश्लेषक , प्रोफेसर टुलियो डे ओलिभेराले , उनी र उनको टोलीले भाइरसको नयाँ संस्करण, B. 1.1.529 अनुक्रमण गरेको घोषणा गरे। मैले मेरो कार रेडियोमा सुनी रहेको थियो जब डे ओलिभेराले स्वास्थ्य मन्त्री जो फालासँग प्रेस सम्मलेन वाट देशलाई भेरियन्टको बारेमा बताई रहेका थिए , त्यतिखेरा यो चासोको विषय मात्र थियो , चिन्ताको विषय होइन। डी ओलिभेरियाले ओमिक्रोनलाई पहिले बोस्टवाना, त्यसपछि दक्षिण अफ्रिका र त्यसपछि हङकङमा कसरी फेला पारिएको थियो भन्ने अहिलेको ज्ञात इतिहासलाई सम्मेलन वाट जानकारी दिए । ल्यान्सेट प्रयोगशालाका एक तीक्ष्ण आँखा रोगविज्ञले जीन उत्परिवर्तनमा परिवर्तन देखेका थिए र यसलाई सार्वजनिक स्वास्थ्य संरक्षक प्रणालीमा रिपोर्ट गरेका थिए जसको लागि हाम्रो देश वैज्ञानिक संसारमै प्रसिद्ध छ। मार्च २०२१ मा कोरोनाभाइरसले यहाँ ठुलो क्षति लाएदेखि, अफ्रिकाका वैज्ञानिक र राजनीतिक समुदायहरूले आफ्ना जनता र विश्वसँग सधै पारदर्शिताको अभ्यास राखेका छन्।गत डिसेम्बरमा यहाँ नै पहिलो पटक बिटा संस्करणलाई क्रमबद्ध गरिएको र पहिचान गरिएको थियो, जसले हाम्रो बसन्त को उत्साहलाई उजाड गरिदियो र हामी माथि कठोर यात्रा प्रतिबन्ध लगाइयो। एक वर्ष पनि नपुग्दा फेरि उस्तै घटना दोहोरिएको छ । पत्रकार सम्मेलनको केही घण्टा पछि, बेलायतले यात्रा प्रतिबन्धको घोषणा गर्यो।

दक्षिण अफ्रिका र बेलायतबीच महत्वपूर्ण पारिवारिक, व्यापार र पर्यटन सम्बन्धहरू छन्। त्यसैका कारण , बिदा र पुनर्मिलनका सबै योजनाहरू ओमिक्रोनको पहिचानको साथ टुटेर धोस्त भए । नयाँ भेरियन्टको खबर फैलिएपछि घण्टा पछि घण्टा हामीलाई संसारले बिस्तारै बन्द गर्दै गयो । धेरै युरोपेली देशहरूले त्यसलाई पछ्याए। त्यसपछि संयुक्त अरब इमिरेट्स र कतार, जहाँ दशौं हजार अफ्रिकीले काम गर्छन , तिनले पनि आफ्नो ढोका बन्द गरे। त्यसपछि अमेरिकाले पनि हामीलाई पन्छायो । हामी फेरि संसारबाट टाढिएका थियौं। दक्षिण अफ्रिकाको पारदर्शिता र भाइरसको उत्परिवर्तनको वैज्ञानिक साझेदारीलाई प्रतिबन्धको साथ भेटिएको थियो जुन यसको धारणामा थोरै जातिवादी थियो जस्तो लाग्छ । शालीन र भद्र छविका राष्ट्रपति साइरिल रामाफोसा यो कदमबाट रिसाउन पुगे. भाइरस उत्परिवर्तन सम्बन्धी दक्षिण अफ्रिकाको पारदर्शिता र वैज्ञानिक सूचना आदानप्रदानको मूल्य आफू प्रतिबन्धित भएर चुकाउनु पर्यो जुन अफ्रिकाको वैज्ञानिक क्षमतामाथि गरिएको ज्यादै निकृष्ट सोच थियो.। जब समाचार बाहिर आयो कि नेदरल्याण्ड्समा , वास्तवमा, पहिलो मामिला थियो राष्ट्रपतिले सबै देशहरूलाई प्रतिबन्ध फिर्ता गर्न आह्वान गरे। चीन र केही अन्यले कोविड शून्य रणनीति पछ्याउँदा, विश्वका धेरैजसोले हामीले खोप लगाउनु पर्छ र यो समानिया नहुँदासम्म कोरोनाभाइरससँग बाँच्न सिक्नुपर्छ भनेर बुझेका छन्। यो दक्षिण अफ्रिकाले जेनोमिक सर्भेलेन्स परिणामहरूलाई छिटो र पारदर्शी रूपमा सचेत गराउने र साझा गर्ने विश्वव्यापी उत्तम अभ्यासको साथसाथ पालन गरिरहेको छ। यो प्रतिबन्धले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतलाई उत्तेजित गरेको छ किनकि यसले भूराजनीतिक शक्तिको बारेमा धेरै कुरा बताउँछ र कसरी एउटा सानो देशले आफुले राम्रो गर्न खोजदा पनि भाइरल डरको बीचमा बहिष्कृत हुनु पर्ने भएको देखाऊ छ ।

हाम्रो एक-अर्काको हेरचाह गर्ने ग्लोबल भिलेजको विचार फेरि भत्किएको छ। यी साना हृदयविदारक घटनाहरूले मलाई समात्छ। मेरी भान्जी जापानमा छिन् र उनी आफ्नो सानी छोरीलाई भेट्न हामीकहाँ फर्कन सकेकी छैनन् । मेरो व्हाट्सएप मेसेज यस्तै कथाहरूले भरिएको छ। पर्यटन उद्योगले बेलायतबाट मात्रै ३ लाख पर्यटकको अपेक्षा गरेको थियो । तिनीहरूले आवास र भ्रमणहरू बुक गर्नुका साथै वाइन फार्ममा टिकटहरू बुक गरिसकेका थिए, र शार्क डाइभिङ, समुद्र तट र खेल पार्कमा जाने योजना बनाएका थिए। ओमिक्रोन भन्न सक्ने भन्दा छिटो ति योजनाहरु रद्द भए , जसले दक्षिण अफ्रिकालाई कोविड उदासिनताबाट तान्न सक्ने पर्यटकीय क्षेत्रलाई सिधै धक्का दियो । संसारभरि धेरै दक्षिण अफ्रिकी काम गर्ने एक कारण घरेलु बजारमा बेरोजगारी धेरै हुनु ले हो । कूल गार्हस्थ्य उत्पादनमा बाँकी वर्षको लागि आशावादी ५ % बृद्धि अनुमान गरिएको थियो तर यात्रा प्रतिबन्धले यसलाई सिधै असर पार्दैछ। मेरो श्रीमान् र मैले डिसेम्बर २०१९ मा विवाह गर्यौं, र हाम्रो योजनाबद्ध हनिमुन चीन भ्रमण गर्ने थियो। त्यो महिना पछि नोबल कोरोनाभाइरसको पहिचानले त्यो योजनालाई रोकिदियो । मेरो बुहानेसबर्ग ले महशुश गरायो कि यो सँसारको बाँकी भागबाट क्वारेन्टाइनमा बस्नु नराम्रो ठाउँ होइन । –फेरियल हफाजी दक्षिण अफ्रिीकी लेखक हुन् । यो लेख फाइनान्सियल टाइम्सबाट साभार गरिएको हो



प्रतिक्रिया दिनुहोस्