Logo

भिडियो फुटेजमार्फत चौतर्फी आलोचना बढेपछि बेलायती प्रधानमन्त्रीको सल्लाहकारले दिइन् राजीनामा



एजेन्सी, २३ मङ्सिर। बेलायती प्रधानमन्त्री बोरिस जोनसोनकी सल्लाहकार एलेग्रा स्ट्राटोनले राजीनामा दिएकी छिन्। जोनसोनले लकडाउनको समयमा पार्टी आयोजना गरेको एक भिडियो सार्वजनिक भएसँगै चौतर्फी आलोचना बढेपछि सल्लाहकार एलेग्रा स्ट्राटोनले राजीनामा दिएकी हुन् ।

जलवायु सम्मेलन कोप २६ मा बेलायत सरकारकी प्रवक्ता समेत रहेकी उनले बुधबार राजीनामा दिएको बताइएको छ । संसारभर कोरोना महामारीले विकराल रुप लिइरहँदा बेलायतका प्रधानमन्त्री जोन्सनसहित उनका सहकर्मी र सहपाठीहरुले गतवर्ष क्रिस्मसमा पार्टी मनाएको एक भिडियो फुटेज सार्वजनिक भएको थियो ।

डाउनिङ स्ट्रिटमा आयोजित उक्त पार्टीमा उपस्थितहरुले हँसी मजाक गरिरहेका थिए भने कतिपय वाइन र खानपानमा व्यस्त देखिन्थे । उक्त भिडियो सम्बन्धमा प्रधानमन्त्री जोनसोनले बुधबार आममाफी मागिसकेका छन् । उनकी सल्लाहकार स्ट्राटनले भने माफीको सट्टा राजीनामा दिएको बताएकी छिन् । आफूले दिएको राजीनामा नै सबैभन्दा ठूलो माफी हुने उनले बताएकी छिन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्