Logo

नेविसंघ पूर्वसभापति रञ्जीत कर्णद्वारा सहमहामन्त्रीको उम्मेदवारी घोषणा



काठमाडौं, २३ मंसिर । नेपाल विद्यार्थी संघका पूर्व सभापति समेत रहेका नेपाली काँग्रेसका नेता रञ्जीत कर्णले पार्टीको १४औं महाधिवेशनका लागि सहमहामन्त्रीको उम्मेदवारी घोषणा गरेका छन् । उनले आफू सहमहामन्त्रीको उम्मेदवार भएको बताएका छन् ।

‘विद्यार्थी राजनीतिको अनुभव र पार्टीमा काम गरेको आधारमा पनि सहमहामन्त्री बन्दैछु,’ कर्णले भने । उनले पार्टीलाई सशक्त ढंगले अगाडि बढाउन आफूले पदाधिकारीमा उम्मेदवारी दिएको बताए ।

कर्ण नेविसंघको सभापति भई लामो समय काम गरेका थिए । उनी प्रदेश २ का प्रभावशाली काँग्रेस नेता हुन् । कर्णलाई मधेशको भावी राजनीतिको खम्बाका रुपमा लिन थालिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot