कोभिड–१९ विरुद्धको झन्डै १५ लाख डोज मोडर्ना खोप नेपाल आइपुगेको छ । गाभी र कोभ्याक्स सुविधामार्फत १४ लाख ९८ हजार ६०० डोज मोडर्ना खोप नेपाल आइको स्वास्थ्य सेवा विभागले जनाएको छ । कतार एयरको जहाजमार्फत आज दिउँसो ३ बजे उक्त खोप नेपाल आइपुगेको हो ।
थप १९ लाख ६५ हजार ६०० डोज खोप आइतबार आइपुग्ने पनि विभागले जनाएको छ । यसअघि शुक्रबार मोडर्नाकै एक लाख ८८ हजार डोज खोप आएको थियो । सरकारले मोर्डना खोप दूर्गम तथा हिमाली जिल्लाका विद्यालयलाई केन्द्र बनाएर १२ देखि १७ वर्षसम्मका बालबालिकालाई दिने निर्णय गरेको छ ।