Logo

गोकुलको टिप्पणीः भृकुटीमण्डप पनि ओलीवेशनमय



काठमाडौं, २३ मंसिर । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले भृकुटीमण्डपमा हुने नेपाली काँग्रेसको महाधिवेशन पनि ओलीवेशनमय नै हुने टिप्पणी गरेका छन् । उनले काँग्रेसका दुवै पक्ष एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध केन्द्रित देखिएको तर्क गर्दै त्यस्तो टिप्पणी गरेका हुन् ।

बाँस्कोटाले ट्वीट गर्दै भनेका छ्नः तीनदिन यता कांग्रेस नेताहरुको अन्तरवार्ता र भाषण खुब सुने।कांग्रेसमा पौडल र देउवा दुबै पक्षको उम्मेदवारी ओली पदचाप छेक्नका लागि रे!एमालेको दशौ महाधिवेशन चल्दै गर्दा चितवनमा ओलीवेशन चल्दै छ भन्ने साथीलाई झल्झली सम्झदै भन्न मन लाग्यो-आखिर,भृकुटीमण्डप पनि ओलीवेशनमय नै त हुने भएछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot